झापा — झापाको गौरादहमा जारी गौरादह महोत्सवमा मिलनले दर्शकलाई छमछमी नचाएका छन्। जारी महोत्सवमा हरेक दिन जसो राष्ट्रिय कलाकारले सांगीतिक माहोल तताउदै आएका छ्न्।
चाडपर्वको अवसर पारेर आयोजना गरिएको महोत्सवमा सांगीतिक मनोरञ्जन लिन उल्लेखय दर्शक आउने गरेका छन। रातको चिसिएको मौसमलाइ कलाकारको प्रस्तुतिले पुरै तताउने गरेको छ। दर्शक दिर्घा ताली र हुटिङले साथ दिन्छ्न।
महोत्सवमा गायिका ज्योती मगर,मेलिना राई, गायक कमल खत्री,कालिप्रसाद बास्कोटा,डम्बर नेपाली, निसान भट्टराई, मिलन परियार, हास्य कलाकार उमेस राइ फुलेन्देको आमा, काउलि बुढि, घनश्याम गौतम लगायतले आ आफ्नो प्रस्तुति दिईसकेका छन्।
गत १७ गतेबाट सुरु भएको महोत्सव कार्तिक २ गते सम्म चल्ने आयोजकले जनाइएको छ। हरेक दिन फरक फरक कलाकार आउने क्रम भने जारी नै छ।