काठमाडौं — एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले भेटेका छन्।
मुख्य प्रशिक्षक उमेश पटवालसहित खेलाडी पारस खड्का, सोमपाल कामी र अभिनास बोहराले पीडित बालिका मुस्कानलाई भेटेका हुन्। मुस्कान उपचाररत कीर्तिपुर अस्पतालमा पुगेर पारससहितका खेलाडीले मुस्कानको साथ रहेको बताएका छन्।
साथै पारसले एसिड आक्रमण जस्तो जघन्य अपराधमा संम्लग्नलाई कडा कारबाही गनुपर्ने सरकारसँग माग गरेका छन्। मुस्कानको उपचारमा सहयोग जुटाउँदै आएका उज्वलविक्रम थापाले क्रिकेटरहरुलाई मुस्कानसमक्ष पुर्याएका हुन्।
मुस्कानलाई बलिउड कलाकारले पनि साथ दिएका छन्। अमिताभ बचनसहितका कलाकारले मुस्कानलाई भिडियो सन्देश पठाएका थिए। मंगलबार मात्र अभिनेता राजेश हमालले मुस्कानलाई भेटेका थिए।