काठमाडौं– पारस खड्काले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिएका छन्। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल क्रिकेट संघ(क्यान) को निलम्बन फुकुवा गरेको भोलिपल्टै उनले कप्तानको जिम्मेवारीबाट राजिनामा दिएका हुन्।
धेरैलाई दुखित तुल्याएको यो खबरपश्चात् पारसलाई देशैभरिबाट धन्यवाद दिने क्रम बढेको छ। उनले नेपाली क्रिकेटलाई आजको उचाइसम्म ल्याउन दिएको योगदानको सबैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। अभिभावकविहिन बनेको नेपाली क्रिकेटलाई डिभिजन ५ देखि एकदिवसीय मान्यता दिलाउन तथा टी–२० विश्वकप खेलाउन पारसले खेलेको भूमिका अतुलनिय छ।
अहिले सामाजिक सञ्चालमा ‘थ्याङ्क यु पारस’ ट्रेन्डिङमा छ। यसैबीच अमेरिकी राजदुत रान्डी बेरीले पनि पारसलाई ट्विटरमार्फत धन्यवाद दिएका छन्। आफूलाई क्रिकेटको ज्ञान दिलाउन पारसले दिएको समय तथा नेपाली क्रिकेट टोलीको कप्तानका रुपमा पारसले खेलेको पारीका लागि उनले पारसलाई बधाइ तथा धन्यवाद दिएका हुन्।
उनले पारसको भविष्यको लागि शुभकामना पनि दिएका छन्।
https://twitter.com/USAmbNepal/status/1184340567670611968