काठमाडौं _ पूर्वमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो। राणा विकास अर्थशास्त्री हुन्।
उनी पछिल्लो समय प्राध्यापन गर्थे राणा खलकका मधुकर बहुप्रतिभाशाली थिए। उनी व्यवसायमा समेत संलग्न थिए। राणा शालिग्राम होटलका संस्थापक हुन। उनी राजदूत समेत रहे। तत्कालिन राजपरिवारका नजिक थिए।
हकी संघको उपाध्यक्ष समेत रहे। उनलाई नजिकबाट चिन्ने पूर्व आइजीपी खड्गजीत बरालले राणालाई ‘मानव रत्न’ भनेका छन्।