काठमाडौं _ नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने कर्नाटक टसकससँग अनुबन्ध भएका छन्। १४ देखि २४ अक्टोबरसम्म चल्ने टी १० क्रिकेट लिग २०१९ मा सन्दीपलाई कर्नाटकले अनुबन्ध गरेको हो।
सन्दीप पहिलो राउन्डमै छनोट गरेको हो । अनुबन्धबापत उनले ४५ हजार डलर पाउँनेछन्। उनको टोलीमा हासिल हमला जस्तो क्रिकेट स्टार छन् ।
यसअघि गत सिजनको आइपीएलमा सन्दीप दिल्लीबाट खेलेका थिए । उनी अमेरिकाको क्रिकेत लिगमा समेत खेलेर फर्किइसकेका छन्।