काठमाडौं _ प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन्। विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन्।
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ।
सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी फागुनमा निधन भएको थियो। यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ। यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन्।