एजेन्सी– लगातार सिनेमा हिट भएपछि बलिउड स्टार आयुष्मान खुर्रानाले आफ्नो पारिश्रमिक वृद्धि गरेका छन्।
भारतीय संचारमाध्यमका अनुसार लगातार ७ सिनेमा सुपरहिट भएपछि आयुष्मानले हाल लिदैं आएको पारिश्रमिकलाई पाँच गुणाले बढाएका हुन्। प्रति सिनेमा २ करोड भारू पारिश्रमिक बुझ्दै आएका आयुष्मानले अब गर्ने सिनेमाका लागि आफ्नो पारिश्रमिक १० करोड भारू लिने बताएका छन्।
टेलिभिजन कार्यक्रम संचालक तथा एफएम प्रस्तोता हुँदै २०१२ साल मा विक्की डोनरु सिनेमाबाट डेब्यू गरेका आयुष्मानले त्यसयता काम गरेका अधिकांश सिनेमाले सफलता हासिल गर्दै आएका छन्। उनी अभिनित पछिल्लो सिनेमा ड्रीम गर्ल पनि वक्सअफिसमा सुपरहिट भइसकेको छ। जसले गर्दा उनको माग निकै हुन थालेको छ।
हालसम्म आयुष्मानको १२ वटा सिनेमा रिलिज भएका छन् जसमा मात्र ३ वटा सिनेमा वक्सअफिसमा असफल रहेका छन्। त्यस्तै उनी अभिनित बाला रिलिजका क्रममा रहेको छ। सिनेमामा उनी कपाल नभएका एक पात्रको भूमिकामा देखिदैछन्।