काठमाडौँ — मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा बन्चरो प्रहार गर्दा एकको मृत्यु भएको छ।
जलजलेका सुकबहादुर पाख्रिनले आपसी झगडाका कारण बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएको मकवापुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए।
एसपी सिंहका अनुसार पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान पनि घाइते भएका छन्। उनीहरुको पनि चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
सन्तमायाको हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।