काठमाडौं – सानिमा बैंक लिमिटेडले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ। बैंकको बुधवार बसेको १५ औं वार्षिक साधारण सभाले ११ दशमलव ९५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।
आर्थिक वर्ष २०७५र७६ मा रु २.२६ अर्व खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९.०६ अर्व, कुल निक्षेप रु ९२.२८ अर्व तथा खुद कर्जा सापटी रु ८३.४४ अर्व रहेको छ।