काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएन)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
आज बिहान १० बजेपटि ह्यात होटलमा मतपत्रको प्रयोग गरी मतदान सुरु गरिएको हो। गएराति विद्युतीय भोटिङ मेसिनबाट मतदान सुरु भएलगत्तै प्राविधिक समस्या आएको भन्दै मतदान स्थगित गरिएको थियो।
अध्यक्षका प्रत्यासी कुमार पन्तले गएराति खसेको चार मत बदर गरी कागजीप्रक्रियाबाट पुनः मतदान सुरु गरिएको जानकारी दिए।