काठमाडौं– १५औं विश्व उसु प्रतियोगितामा नेपाल सहभागि हुने भएको छ। असोज ३० देखि कार्तिक ७ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगितामा नेपालका ११ नजा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता चीनको संघाइ सहरमा सम्पन्न हुनेछ। १६ जनाको नेपाली टोली नेपाली टोली असोज ३० गते चीन प्रस्थान गर्नेछ। उसु प्रतियोगितामा नेपाली खेलाडीले गर्ने प्रदर्शनले आसन्न १३ औं सागका लागि थप मद्धत पुग्ने अनुमान गरिएको छ।
बुधबार विश्व च्याम्यियन उसु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुलाई १–१ सेट ट्रयाकसुट प्रदान गरेको थियो।