एजेन्सी– स्पेनको स्वायत्त राज्य क्याटलानले लामो समयदेखि स्वतन्त्र राज्यको माग सहित आन्दोलन गर्दै आएको छ। पछिल्लो समयमा आन्दोलन झन् चर्कँदै गएको छ। सोमबारमात्र स्वयत्तताको आन्दोलनमा उत्रिएका ९ जना क्याटलानका नेताहरुलाई जेलमा राखिएपछि क्यालान क्षेत्र थप तनावग्रस्त भएको छ।
यस्तो अवस्थामा ला लिगाले आन्दोलनलाई मध्यनजर गर्दै एल क्लासिको सार्न प्रस्ताव गरेको छ। ला लिगाले खेल बर्नबेउमा गर्न गरेको प्रस्ताव बार्सिलोनाले अस्विकार गरेको छ। त्यस्तै रियल मड्रिडले पनि खेल बर्नावेउमा गर्नेभन्दा पनि खेल नै रोक्नुपर्ने बताएको छ। रियलले बर्नावेउको सट्टा अन्य कुनै स्टेडियममा खेल खेल्न सकिने विकल्प पनि अघि सारेको छ।
२६ अक्टोबरमा सिजनको पहिलो एल क्लासिको क्याम्प नोउमा हुने तय गरिएको थियो। तर उक्त दिन पनि क्यालान शहरमा अझ बढी प्रदर्शन हुने सक्ने भन्दै ला लिगाले बर्नावेउमा खेल सम्पन्न गर्ने प्रस्ताव अघि सारेको हो।
दुबै क्लबले उक्त प्रस्तावमा अस्विकार जनाएपछि एल क्लासिको अन्यौलमा परेको छ। अर्काे एल क्लासिको मार्चमा बर्नबेउमा हुने तय भएको छ।