काठमाडौं – चर्चित गायक/मोडेल दुर्गेश थापा नेपाली गित सङ्गीतमा सधै अरुभन्दा फरक प्रस्तुति दिन सक्ने कलाकार हुन्। विशेषतः उनका गितहरु यूवाहरुलाई केन्द्रित गरिएका हुन्छन्।
उनलाई धेरै यूवाहरुले पछ्याईरहेका छन्। त्यसैले,उनलाई धेरैले उत्ताउलो कलाकार पनि भन्दै आएका छन्।उनै दुर्गेशको दशैं तिहार लक्षित गीत ‘ह्याप्पी तिहार’ मा दुर्गेशले धेरै गाली खाएका छन्। गीतमा लय दुर्गेश थापा, शब्द दुर्गेश थापा र डिपी खनाल, एरेन्ज सुवाश शाक्य को रहेको छ।
कलाकारहरु दुर्गेश थापा, सुवाश लामा, (सुन बाबा), विकास लामिछाने,रुद्र बोहोरा,अर्जुन गौतम र अनुपम केसी रहेका छन्। गितको भिडियो निर्देशन शिव विकले गरेका छन्। गितको भिडियोमा वियरका बोत्तल पिउँदै देउसी पुकारेको दृश्य देख्न सकिन्छ।
साथै ह्याप्पी तिहार, चिसो वियर जस्ता शब्दलाई ईंकित गर्दै यो समाजलाई नकारात्मक संन्देश दिने छाडा गीत हो हाम्रो सँस्कृति माथिको प्रहार हो, भन्दै गाली गरिएको छ। त्यतिमात्र कहाँ होर, देउसी गित होकि वियरको विज्ञापन गरेको समेत आरोप छ।
८ अक्टोवरमा दुर्गेश थापाको यूटूव च्यानलबाट अपलोड भएको उक्त गीत १४,७२,७९० भिउज गएको छ, २,४४६ कमेन्टमा दुर्गेशलाई अधिकांश अपाच्य गाली गरिएको छ। यस अगाडि ‘मेरो दिल चोर्नेलाई मुद्धा हाल्दिन्छु, क्षेत्रीको छोरो नी हिरो छ’ उनका निकै रुचाईएका गित हुन। यसपालीको तिज गित बिच–बिचमा सबैभन्दा धेरै भिउज गएको तिज गित हो।
दुर्गेशले आफ्ना प्रस्तुतिहरुमा दर्शकलाई फरक स्वाद दिने उद्धेश्यले यसरी आलोचित बन्नु परेपनि अरु कलाकारले गाएका धेरै भिडियोमा उनले राम्रो प्रशंसा पाएका छन्। भर्खर मात्र बजारमा आएको ‘चिमोटेउनी चुटक्कै’ गीतको भिडियोमा अन्जली अधिकारी र दुर्गेशलाई निकै रुचाईएको छ। जो कोही पनि दुई प्रकारले चर्चित छन् धेरै ताली पाएर, धेरै गाली खाएर त्यसैले ताली वा गाली केले चर्चित बन्ने त्यसको चाबी दुर्गेशकै हातमा छ।