एजेन्सी– युएई क्रिकेट टोलीको खेलाडीहरु अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रतिबन्धमा परेका छन्। युएईको राष्ट्रिय टोलीको कप्तानसहितका ३ खेलाडीले म्याच फिक्सिङ गरेको बताइएको छ।
कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई आइसीसीको निलम्बनमा परेका छन्। आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी कप्तान नाभिदसहित तीन खेलाडीलाई निलम्बन गरेको जनाएको छ।
टी–२० विश्वकप छनोटको तयारी भइसरेको अवस्थामा खेलाडीमाथि लागेको आरोप तथा प्रतिबन्धका कारण यूएई क्रिकेट अहिले समसयामा परेको छ। खेल मिलेमतो गर्दै भ्रष्टाचार गरेको आरोपमा खेलाडीमाथिको निलम्बनले युएई तरङ्गित भएको बताइएको छ।
टी–२० विश्वकपको लागि यूएईमा यही शुक्रबारदेखि छनोट प्रतियोगिता सुरु हुँदैछ। टी–२० विश्वकप २०२० मा अष्ट्रेलियामा हुनेछ।