काठमाडौं – लोकप्रिय सर्जक शिव हमाल मौलिक गितका खानी हुन् भन्दा फरक नपर्ला।
उनका हरेक सृजनाले हाम्रो मौलिकतालाई झल्काएका छन्। उनै हमालको ‘लालुमै’ पछिको अर्काे उत्कृष्ट मौलिक गित ‘सिलौटो’ अहिले चर्चाको शिखरमा छ। राजु बिरही लामाको प्रस्तुतिको रुपमा बजारमा आएको ‘सिलौटो’ दुई साता नबित्दै टिक टक देखि लिएर दोहोरी साँझहरुमा घन्किन थालेको छ।
लोकदोहोरी क्षेत्रकी बहु चर्चित गायिका बिष्णु माझी र चर्चित गायक बाल कुमार श्रेष्ठको स्वर रहेको छ। गितको नाम ‘सिलौटो’ नै किन राख्नु भएको भनी सोधेको प्रश्नमा सर्जक शिव हमाल र गायक बाल कुमार श्रेष्ठले हाम्रो नेपाली समाजमा लोप हुदै गएका कुराहरु चाँद्रीको मोहोर, लोरो सिलौटो,मदानी,ठेकी,अहिलेका कतिपय केटाकेटीहरुलाई थाहा छैन,गितमा समावेश हुँदा सजिलै अवगत होस्,भनेर नै राखिएको हो,भनी नेपाली पब्लिकलाई जानकारी दिएका छन्।
सिलौटो र लोहोरो जस्तो सम्बन्ध मात्र बलियो हुन्छ,जुन एक विना अर्कोको अर्थ रहँदैन भन्ने सन्देश बोकेको गित भएको बताउँछन। साथै गाउँघरमा सिलौटो र लोहोरो प्रयोग गरिन्छ,शहर बजारमा मिक्सर, हाम्रो ‘सिलौटो’ गाउँ, शहर जताततै सबै उमेर समूहका मानिसका लागि हो। त्यसैले समग्रमा गित सबै ठाउँमा सबै उमेर समूहका मानिसले उत्तिकै रुचाएको दाबी गायक र सर्जकको छ।
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायांकन, बिष्णु शर्माको सम्पादन, रेनिश फागोको रंग संयोजन रहेको छ। उक्त गीतको भिडियोमा चर्चित गायक कुलेन्द्र बिक र चर्चित नायिका मरिस्का पोखरेलको अभिनय हेर्न पाईन्छ।
यस गीतलाई शाई भिजन प्रा।लि। ले दृश्य निर्माण गरेको हो भने चन्द्र सुर्य फिल्मस् प्रा.लि. ले बजार ब्यवस्थापन गरेको छ।
https://www.youtube.com/watch?v=Sftwls1a_-Q