काठमाडौं — खोज पत्रकारिता केन्द्र नेपालमा चन्द्रकिशोरको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।
बिहीबार ललितपुरमा सम्पन्न केन्द्रको बाह्रौं साधारणसभाले केन्द्रको उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा किरण नेपाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई सर्वसम्मत चयन गरेको हो।
तीन सदस्य पदका लागि भने ९ जनाको उम्मेदवारी परेको थियो। सदस्यमा भृकुटी राई ३०, राजाराम गौतम ३० र लक्ष्मी बस्नेत ११ मत पाएर निर्वा्चित भएका छन्।
यस्तै, कुल ३९ मत खसेकोमा सरोज दाहालले ९, रामजी दाहाल ८, ध्रुव बस्नेत ८, कल्पना भट्टराईले ६ र इन्दिरा अर्यालले ३ मत प्राप्त गरेकी थिइन्। लक्ष्मण उप्रेतीले भने मतदान हुनुअघि नै उम्मेदवारी फिर्ता लिएका थिए।