एजेन्सी– बलिउड नायक सैफअली खान अहिले नयाँ चलचित्रको प्रमोशनमा छन्। उनै,खानकी छोरी साराअली खान अहिले स्टार बनिसकेकी छिन्। सारा बलिउडकी अहिलेकी सर्वा्धिक डिमाण्डेड नायिका पनि हुन्।
हालै एक मिडियासँग कुराकानी गर्दै सैफले सारालाई केही सल्लाहा दिएका छन्। तपाई सारालाई के सुझाव दिनुहुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा उनले भने–‘म उनलाई सधै नै आफ्नो अभिनयमा ध्यान दिन भन्छु। अहिले नै स्टार बन्ने धुनमा लाग्नु राम्रो होइन तर कामलाई राम्रो गर्ने प्रयासमा लाग्नुपर्छ।’
सैफका अनुसार, उनी कहिले पनि नामको पछाडि लाग्दैनन्। ४९ बर्षिया स्टार भन्छन्–‘म नामदेखि टाढा नै रहन चाहन्छु। मलाई चर्चित भएको खासै मन पर्दैन।’ सैफ अगाडि भन्छन्–‘मलाई चर्चा र नामले हैरान बनाउँछ । किनकि, यसले यो शहरमा घुम्नका लागि रोक लगाउँछ।’
उनको छोरी साराअली खानलाई अहिले मिडियाले खुबै पछ्याएको पाइन्छ। सारा पनि मिडिया क्रेजी बनिरहेकी छिन्। यो कुरा सैफलाई खासै मन परेको छैन। सैफले आफू सिक्न चाहने भन्दै अहिले पनि अभिनय र जिवनको बारेमा सिकिरहेको बताएका छन्। सैफको अभिनय रहेको चलचित्र ‘लाल कप्तान’ रिलिजको तयारीमा छ।