रियाद, एजेन्सी— साउदी अरबको मदिना नजिकै हिजरा रोडमा बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ।
अरब न्युजका अनुसार मृत्यु हुने सबै तिर्थालुहरु थिए। ३९ यात्रु बोकेर गुडिरहेको बस अर्को सवारीसँग ठोक्किएको थियो। दुर्घटनामा घाइते भएकाहरुलाई अल हम्ना अस्पतालमा उपचारका लागि लगिएको छ।
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ।