बाँके– नेपालगञ्जस्थित प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेको छ। आइतबार अपरान्ह ३ बजे महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको प्रयास भएको प्रहरीमा उजुरी परेको हो।
घटनामा संलग्न रहेको आरोपमा तालिमक केन्द्रमै कार्यरत नायब निरीक्षक (सई) बमबहादुर राना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले रानालाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘पीडितले जाहेरी दिनु भएपछि पक्राउ गरेर अनुसन्धान थालेका छौं।’
वलीका अनुसार उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन म्याद थप भइसकेको छ। ‘विस्तृत अनुसन्धान र प्राविधिक पक्षको छानविन गरिरहेका छौं’।