मोरक्को –मोरक्कोका राजा मोहम्मद (छैटौँ)ले एक महिला पत्रकारलाई विवाहेतर यौन सम्बन्ध र गर्भपतनको मुद्दामा जेल सजाय सुनाएका थिए।
राजाले हजार राइसोनीलाई उनका प्रेमी, चिकित्सक टोलीलाई समेत जेल पठाएका थिए। तर पत्रकार राइसोनी र उनका प्रेमीले विधिवत रुपमै परिवार बनाउने चाहना राखे।
यही मुद्दाले विश्वभर चर्चा पायो। साथै अधिकारकर्मीहरुले पत्रकारको अधिकारका लागि आवाज उठाए। तर मोरक्कोमा विवाहेतर यौन सम्बन्ध अवैध मानिन्छ।
रिपोर्टका अनुसार मोरक्कोमा हरेक दिन ६ सयदेखि ८ सय वटा गर्भपतन अवैध रुपमा हुने गरेको छ। २८ वर्षीया पत्रकार राइसोनीको मुद्दा अदालतमा पुगेको थियो। कानून मन्त्रालयले उनको मुद्दाको फैसला गर्दै पत्रकार राइसोनीलाई माफी दिएको छ।