काठमाडौँ– पत्रकार विष्णु कल्पितले नकाबधारी समूहले कार्यालयमै आएर आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्।
बानेश्वरस्थित उनको कार्यालयमा नकाबधारी समूह आएको सिसिटिभी फुटेज पनि सार्वजनिक भएको छ।
पत्रकार कल्पितले आफू बस्ने टोलमा भइरहेको झगडामा आफू पुगेकै समयमा प्रहरी पनि आइपुगेको विषयलाई लिएर धम्की आएको कल्पितको दावी छ।
‘हाम्रो टोलमा आएर प्रहरी बोलाउने? हामीलाई चिनेको छस्’, समूहको धम्की उदृत गर्दै कल्पितले भने। कल्पितले आफू र परिवार असुरक्षित रहेको भन्दै प्रहरीमा उजुरी दिइसकेको बताए।