काठमाडौं– नेपाल ह्यान्डबल संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ। संघकाअनुसार प्रशिक्षणमा रहेका खेलाडीबाट १६ जना पुरुष र १६ जना महिला खेलाडी छनोट गरिएको हो।
त्यस्तै छनोटबाट पुरुषतर्फ ५ र महिलातर्फ ५ जना वैकल्पिक खेलाडी पनि छनोट भएका छन्। छनोट हुने पुरुष खेलाडीमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपकसिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्रनारायण चौधरी, मदनचुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव बिष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन्।
बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पनावली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा छनोट भएका महिला खेलाडीहरु हुन्।
पुरुषतर्फ वैकल्पिक खेलाडी रुपमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याललाई समावेश गरिएको छ। महिलातर्फ वैकल्पिकमा जिना राई, साधना वम, विष्णा बोगटी, देबी श्रेष्ठ र मञ्जु राउत समेटिएका छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगिता नेपालमा आयोजना हुँदैछ।