काठमाडौं – गत बुधबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा चलचित्र ‘छ माया छपक्कै’ को विशेष शो आयोजना भएको थियाे। चलचित्रको विशेष शोमा, नेपालका नेतादेखि चर्चित कलाकारसम्म सबै उपस्थित थिए।
चलचित्र हेर्नका लागि नायिका करिश्मा मानन्धर, नायक भूवन केसी, गायिका तथाराष्ट्रिय सभाको सदस्य कोमल वली, हाँस्य कलाकार मनोज गजुरेल, नायिका बेनिशा हमाल, उपासना सिंह ठकुरी लगायत केही कलाकारहरु हलमा देखिए।
यस्तै, चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट पनि हलमा देखिए। चलचित्रकी सल्लाहाकार निर्देशक दीपाश्री निरौला, निर्देशक दिपेन्द्र लामा हर्षित देखिएका थिए।
एउटा गाउँको पानीको समस्यालाई राजनीतिसँग जोडेर चलचिको कथाबस्तु प्रस्तुत गरिएको छ। चलचित्रले राजनीतिक दल वा नेताले समस्या समाधान गर्न सकेनन् भने जनता आफैले विद्रोह गर्छन् भन्ने सन्देश दिन खोजेको छ। एक हप्तासम्म पनि चलचित्रले हलमा दर्शकको भिड उत्तिकै पाएको छ।