काठमाडौं — राजधानीलाई जोड्ने मुख्य मार्गका रुपमा रहेको नौबिसे–नागढुंगा आजदेखि सडक एकतर्फी सञ्चालन हुने भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार उक्त सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म एकतर्फी रुपमा यातायात संचालन हुने भएको हो।
धुनिबेसी नगरपालिका–९, स्याउलीदेखि सिक्रखोलासम्म सडक कालोपत्रे तथा मर्मतका कार्य भइरहेका कारण उक्त अवधिमा एकतर्फी यातायात सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको हो।