काठमाडौं– किरण चेम्जोङले हाल नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी सम्हालिरहेका छन्। गोलरक्षक किरणलाई नेपाली क्रिकेट टोलीको खम्बाका रुपमा व्याख्या गरिन्छ।
कतार विश्वकप अन्तरगत दुई अवे खेलपछि नेपाली टोलीसँगै बिहीबार नेपाल आएका उनी शुक्रबार भारत गएका छन्। भारतीय आइ लिग क्लब मिर्नेभा पन्जावमा आबद्ध भएका किरण त्यसअन्तर्गतका खेलका लागि भारत प्रस्थान गरेका हुन्। उनले टिमले शुक्रबार प्रि–सिजन टुरमा आज एफसी हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ।
हाल आइ लिगको नयाँ सिजन शुरु नभएपनि टोली विगत एक महिनादेखि प्रि–सिजन इन्डियन टुर गरिहेको छ। प्रि–सिजनकै लागि किरण अष्ट्रेलिया र जोर्डनको भ्रमण गर्नुअघि पनि भारत गएका थिए। किरणको टोलीले बैङ्ग्लुरु र एफसी गोवाविरुद्ध खेलिसकेको छ।
किरण फुटबलमा राम्रो सम्भावना बोकेका खेलाडी हुन्। उनले अष्ट्रेलिया र जोर्डनविरुद्धको खेलमा पनि नेपालकाे तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। खेलहरुमा नेपालले हार बेहोरेतापनि किरणले केहि उत्कृष्ट बचाउहरु गर्दै लज्जास्पद हारबाट जोगाएका थिए।