काठमाडौं – नायिका प्रियंका नेपाली चलचित्रमा लामो समय राज गर्ने नायिकाको सुचीमा पर्छिन्। हालै मात्र नायिका कार्कीले चलचित्र ‘लक्का जवान’को छायांकन सकेकी छिन्। प्रियंकाले काम गरिरहेका ब्यानरले यसपटक उनलाई पत्याएका छैनन्। हुनत, सधै एउटै ब्यानरमा काम गर्नुपर्छ भन्ने पनि छैन।
प्रियंका अहिले आफैले निर्देशन गरिरहेको वेव सिरिजमा बढी समय दिइरहेकी छिन्। वेव सिरिजको प्रचारमा उनको सामाजिक संजाल भरिएका छन्।
यो बर्षको असारमै प्रेमी आयुष्मान देशराजसँग बिहे गर्ने बताएपनि प्रियंकाले अहिलेलाई यो सेड्यूल पछि सारेकी छिन्। तर के कारणले त्यसको बारेमा खासै जानकारी दिएकी छैनन्। उनै, प्रियंका आफ्नो सबैभन्दा ठूलो हतियार नै आत्मविश्वास रहेको उल्लेख गर्छिन्। प्रियंका लेख्छिन् ‘जब एक पटक तपाई आफूमा आत्मविश्वास देखाउनु हुन्छ। यसपछि तपाई कुनै पनि कुरालाई पुरा गर्न सक्नुहुन्छ।’
नायिका कार्कीको सामाजिक संजालमा हेर्ने हो भने उनले धेरैजसो कुरा आफ्नो आत्मविश्वासकै गरेको पाइन्छ । हुन पनि हो, करिअर सुरु गरेपछि नेपाली चलचित्र क्षेत्रमा सर्वा्धिक धेरै विवादमा फस्ने नायिकामा प्रियंका नै पर्छिन् ।
प्रियंकाको स्टारडम र क्रेज अहिले धेरै घटिसकेको छ । तर, उनको आत्मविश्वासले नै होला उनलाई अझै पनि बलियो रुपमा अगाडि बढाइरहेको छ ।