एजेन्सी– बलिउड नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडीको रुपमा लिइन्छ। उनीहरुले एक–अर्कालाई गर्ने सम्मानले पनि धेरैको मन जितेको छ। हालै उनीहरुले एकसाथ चलचित्र ‘८३’ को छायांकन सकाएका छन्।
चलचित्रको इन्डक्लाप पार्टीमा रणवीर र दीपिका नाचेको भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ। भिडियो हेरेका दर्शकले उनीहरुलाई जोडी नम्बर १ को ट्याग दिएका छन्। दर्शकले दिएको यो ट्यागमा उनीहरु एकदमै गर्व गर्छन्।
यस्तैमा दीपिकाले आफू र रणवीरको विषयमा नयाँ खबर बाहिर ल्याएकी छिन्। लामो समय प्रेममा रहेको यो जोडी ’लिभिङ टुगेदर’मा भने बसेन। किन उनीहरु लिभिङ टुगेदरमा बसेनन्? धेरैको प्रश्न हुन सक्छ। यसै विषयमा दीपिकाले भनेकी छिन्–‘बिबाह अगाडि नै सबै कुरा थाहा भइसकेपछि बिबाहपछि के नयाँ हुन्छ त? त्यसैले हामी लिभिङ टुगेदरमा बसेनौँ।’
रणवीर र दीपिका सहमतिमा नै लिभिङ टुगेदरमा नबसेका हुन्। दीपिका थप्छिन् ‘हामीले एक–अर्कालाई राम्रोसँग चिनेका थियौं। चिन्न र बुझ्नको लागि लिभिङ टुगेदरमा बस्नु नै पर्ने जरुरी थिएन। आखिर बिबाह हुने पक्का नै थियो। त्यसैले बिबाहपछि मात्र सँगै बस्ने निर्णय भएको थियो।’
दीपिकाले रणवीरको बारेमा प्रशंसा गर्दै भनेकी छिन ‘रणवीर यस्तो कलाकार हुन् जसले हरेक चलचित्रमा आफूलाई परिवर्तन गर्न सक्छन्। मलाई त हरेक ६ महिनामा नयाँ श्रीमान् मिलेको जस्तो लाग्छ।’ दीपिका आफूहरुले बैबाहिक जीवन निकै रमाइलो गरेर बिताइरहेको बताउँछिन्।
बलिउडमा बिहे अघि नै लिभिङ टूगेदरको रुपमा रहने जोडी प्रशस्त छन्। तर, कतिपयको जीवन बैबाहिक जीवनमा परिणत भएको छ भने कतिपय अलग भएका छन्। त्यसैले पनि रणविर र दिपिकाको यो जोडी बलिउडमा उदाहरणीय बनेको छ।