दक्षिणकोरिया– दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूत बनेकी छन्। नेल्सन मण्डेला र विन्नी मण्डेलाकी जेठी छोरी जेनानी दक्षिण कोरियाको राजदस्तामा नियुक्त भएकी हुन्।
गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरिन्। योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूतउनले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गर्ने्छिन्।
हाल ६० वर्ष पुगिसकेकी उनले यसअघि पाँच वर्षसम्म दक्षिण अफ्रिकाका लागि अर्जेन्टनाको राजदूत र मरिससका लागि उच्चायुक्तको जिम्मेवारी सम्हालेकी थिइन्।