काठमाडौं– नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले रातो टिका निधारमा र मारुनीमा दुवै चलचित्रको आफूले पाएको भूमिकालाई करिअरकै महत्वपूर्ण भूमिका हो जो मैले राम्ररी निभाएकी छु।
‘मारुनी’ मा यूवकबाट यूवती बनेकी थिइन् साम्राज्ञी भने ‘रातो टिका निधारमा’मा देशमै केही गर्नुपर्छ भन्ने एकल महिलाको भूमिका थिइन् उनी। यसअघि बारम्बार प्रेमिकाको भूमिकामा नै सिमित रहेको भन्ने आरोप उनी यसपटक हटाउन चाहन्थिन्। जसकाकारण, यी दुई चलचित्रको भूमिकाले उनलाई पक्कै पनि उत्साहित बनाएको हुनुपर्छ।
तर, दुबै चलचित्र रिलिज भैसकेपछि साम्राज्ञीको चलचित्र माहोल भने बदलिएको छ। यसपटक, उनका लागि दुबै चलचित्रले फरक भूमिका त दिए, तर खुशी दिन सकेनन्। कारण दुबै चलचित्रले हलमा दर्शक तान्न सकेनन्। इनिसियल रुपमा त दुबै चलचित्र असफल बनेका हुन्। ‘मारुनी’मा उनले गरेको कामको चर्चा केही मात्रमा भए भने ‘रातो टिका निधारमा’बाट उनले कामको क्रेडिट पनि लैजान सकिनन्।
दुबै चलचित्रका निर्माताले साम्राज्ञीलाई चर्को पारिश्रमिक दिएका थि । उनीहरुलाई आशा थियो, इनिसियल व्यापार उनको नाममा राम्रो हुनेछ। तर, दुबै निर्माताको यो सोच गलत भयो।
दुबै चलचित्र असफल हुँदा साम्राज्ञीको करिअरमा असर पक्कै पनि असर देखिन्छ। अर्को्तिर, उनलाई निर्माताले १६ लाखसम्म पारिश्रमिक दिएका थिए। अब, अन्य निर्माताले उनलाई यति नै वा यो भन्दा बढी रकम देलान् या नदेलान् भन्ने पनि कौतुहलता चलचित्र क्षेत्रमा छ।
तर, साम्राज्ञीले फरक भूमिकामा काम गरेका चलचित्र चिप्लदा प्रश्न भने उठेको छ। आखिर, साम्राज्ञीले सबैभन्दा बढी आशा गरेको चलचित्रप्रति नै दर्शक आशावादी किन नभएका होलान्।
यसको पछाडि उनको एकपछि अर्को गर्दै आएको विवादित तस्वीर, बयान त कारण छैनरु कतै साम्राज्ञीको व्यक्तिगत चर्चाले उनको करिअरलाई असर गरेको त होइन रु यस बिषयमा उनी आफैले पनि गम्भिर भएर सोच्न आवश्यक छ। उनको बिषयमा उठेका यस्ता प्रश्नमाथि साम्राज्ञीले गभ्भीर रुपले नसोचे भोलि के हुन्छ भन्न सकिन्न।