काठमाडौं – २०७५ को नेपाल आइडलका सेकेन्ड रनर अफ प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ। भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन्।
बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन्। गहिरो प्रेममा रहँदा प्रेमी जोडीले गर्ने क्रियाकलाप भिडियोमा देखाइएको छ।
भूपिन्द्र महतको शब्द, हरि लम्सालको संगीत रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन्। जसमा अर्जुन तिवारीको छायाँकन, नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी रहेको छ।
https://www.youtube.com/watch?v=j_dAbx7cCOU