काठमाडौं– पर्दामा देखिने जुनसुकै कलाकारहरुको लागि पहिरन सधै नै विशेष हुन्छ। पहिरनकै कारणले पनि कलाकारहरुले मिडियामा चर्चा पाइरहेका हुन्छन्।
यसैले पनि होला नेपाली चलचित्रका नायिकाहरुमा देखिएको पहिरन सजगता तारिफयोग्य छ। केही नायिकालाई छाड्ने हो भने धेरैलाई अहिले पहिरनमा ध्यान दिएको देख्न सकिन्छ।
नायिका बेनिशा हमालको पहिरन सजगता पनि तारिफयोग्य छ। उनी, अहिले पहिरनमा खुबै ध्यान दिएर हिड्ने गर्छिन् । उनले लगाएका पहिरन आकर्षक हुन्छन्। अझ, बेनिशालाई पछिल्ला दिनमा बोल्ड भने रहर पनि जागेको छ।
धेरै कलाकारले चलचित्रको पर्दामा काम नभएपनि आकर्षक पहिरनले गर्दा मिडियामा चर्चा पाएको उनलाई पनि थाहा छ। यसैले, उनी पनि आफ्नो मेन्टेन गरेको फिगर र त्यसलाई सुहाउँदो पहिरनमा सजग छिन्।
निर्माता रौनक विक्रम कँडेलसँगको प्रेममा रहेकी बेनिशा हालै मात्र एक कार्यक्रममा भेटिएकी थिइन्। प्रेमको बिषयमा बोल्न नचाहेपनि उनी आफ्नो पहिरनको तारिफले भने मख्ख थिइन्। वेनिशा बोल्ड र विउटी पनि धेरैले भन्छन्।