एजेन्सी– पाकिस्तान क्रिकेट बोर्डले सर्फराज अहमेदलाई कप्तानबाट हटाएको छ। बोर्डले शुक्रबार विज्ञप्ति निकाल्दै उनलाई कप्तानबाट बर्खास्त गरेको जानकारी दिएको छ।
अस्ट्रेलिया भ्रमणअघि नै उनलाई कप्तानबाट हटाइएको छ। सर्फराजलाई पाकिस्तानको टेस्ट र टी–२० दुबै क्रिकेट फर्म्याटबाट बिदा भएका छन्। विकेटकिपर तथा ब्याट्सम्यान टेस्ट र टी–२० दुबै टिममा पर्न नसकेका कारण उनलाई बर्खास्त गरिएको बताइएको छ।
पाकिस्तान क्रिकेट बोर्डले टेष्टको नयाँ कप्तानको रुपमा ब्याट्सम्यान अजर अलीलाई नियुक्ति गरेको छ। त्यस्तै टी–२० क्रिकेटको लागि अर्का ब्याट्सम्यान बाबर अजाम नियुक्त भएका छन्।
अहिलेसम्म पाकिस्तानले सर्फराजको कप्तानीमा ३७ टी–२० खेलमा २९ खेल आफ्नो पक्षमा पारेको थियो भने १३ टेष्टमा ४ मा मात्रै विजयी भएको थियो। उनकै कप्तानीमा सन् २०१७ को च्याम्पियन ट्रफी पाकिस्तानले जितेको थियो।