एजेन्सी– बलिउडमा लामो समय राज गरेकी चर्चित अभिनेत्री करिना कपूरले अभिनेताको जति नै पारिश्रमिक आफूलाई पनि दिन माग गरेकी छिन्। उनले जियो मामी मुभी मेलामा करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा यस्तो बताएकी हुन्।
उनले फिल्ममा अभिनय गरेका अभिनेता र अभिनेत्रीलाई बढी र कम पारिश्रमिक दिने गरिएको गुनासाे गरिन्। यसरी कम र बढी दिनुभन्दा पनि दुबैलाई बराबर दिनुपर्ने कुराको वकालत गरेकी छिन्।
उनी थुप्रै फिल्मबाट बाहिरिएको कारण पनि कम पारिश्रमिक नै हो त भन्ने प्रश्नको जवाफमा भने उनले फरक–फरक फिल्मबाट बाहिरिनुको फरक–फरक कारण भएपनि फिल्ममा काम गर्ने नायक नायिका दुवैलाई बराबर पारिश्रमिक मिल्नु खुशीको कुरा भएको उल्लेख गरिन्।
उनलाई करणले सोधेको ‘यदि करीना र अक्षय दुवैलाई फिल्म ‘गुड न्यूज’ मा बराबर पारिश्रमिक दिइयो भने?’ प्रश्नमा उनले चुट्की मार्दै भनिन्, ‘यदि तपाईं मलाई अक्षयको जति नै पारिश्रमिक दिनुहुन्छ भने म यो मामी शो नै छोडेर भाग्छु।’