काठमाडौं– ‘अल्टिमेटम आकाश’ उपन्यास आज लोर्कापण गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र नेपाल नाट्यकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले संयुक्त रुपमा सो कृति लोकार्पण गरेका थिए।
जनमत प्रकाशनले प्रकाशनमा ल्याएको सो कृतिका लेखक सन्तोष लामिछाने हुन्। यसअघि अमेरिका र बेलायतमा यसको अङ्ग्रेजी संस्करणमा लोकार्पण भइसकेको छ। अमेरिकामा बसोबास गर्दै आउनुभएका लामिछानेको यसअघि ‘चामल खानेहरु र चौलानी पिउनेहरु’ कविता सङ्ग्रह प्रकाशित भएको छ।
कृतिको विमोचन गर्दै–नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यमा अभिरुची राख्ने लेखकले नेपाली लबज भने बिगार्न नहुने राय व्यक्त गरे। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र साहित्यकार डा जिवेन्द्रदेव गिरीले कृति पठनीय र सङ्ग्रहनीय रहेको धारणा राखेका थिए।
रासस