बारा– सरकारी छाप किर्ते मुद्धामा सजाय सुनाइएका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा आदर्शखोलाका गाउापाललिका वडा नं. ३ का नागेन्द्र ठाकुर रहेका छन्।
सरकारी छाप दस्तखत किर्ते गर्ने कार्यमा संलग्न भएका उनलाई बाराको प्रहरीले २०७६ असोजमा पक्राउ गरेको हो। उनलाई किर्ते मुद्धामा अदालतमा पेश गरिएको थियो। जिल्ला अदालत बाराले उनलाई २०७३ सालमा १ वर्ष कैद र ३ लाख ३६ हजार चरिवानाको सजाय तोकेको थियो।
हाल उनलाई प्रहरीले कैद भुक्तानको लागि कारागार कार्यलय वीरगञ्ज पठाएको छ।