काठमाडौं– एमबिबिएस र बिडिएसको अध्यापन शुल्कमा वृद्धि भएको छ। चिकित्सा शिक्षा स्नातक तहको एमबिबिएस र बिडिएसको अध्यापन शुल्क बढेको चिकित्सा शिक्षा आयोगले जानकारी दिएको छ।
बिहीबार आयोगले एमबिबिएस र बिडिएसको नयाँ शुल्क निर्धारण गरेको छ। नयाँ शुल्कअनुसार एमबिबिएस पढ्न करिब दुई लाख रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ। बिडिएसमा पनि करिब एक लाख बढी शुल्क तिर्नुपर्ने हुन्छ। निर्णयअनुसार आयोगले उपत्यकाका मेडिकल कलेजमा एमबिबिएसमा ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ।
त्यस्तै बिडिएसतर्फ उपत्यकामा २० लाख १९ हजार ५ सय ८० रुपैयाँ र उपत्यका बाहिर २० लाख १९ हजार ५ सय ८० रुपैयाँ लाख रुपैयाँ तय गरिएको छ।। सरकारले शैक्षिक सत्र २०७५र०७६ मा उपत्यकामा एमबिबिएस ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ, बिडिएस उपत्यकामा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ तोकेको थियो।
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५ को मुद्रास्फितिका आधारमा शुल्क बढाइएको आयोगले बताएको छ। आगामी वर्ष २०७७र०७८ का लागि सिट संख्या र शुल्क निर्धारण गर्न चिकित्सा शिक्षा आयोगले विज्ञ टोली गठन गरी शुल्कमा हेरफेर हुने पनि आयोगले जानकारी दिएको छ।