एजेन्सी– टी–२० विश्वकप छनोट खेलमा नेदरल्याण्डस् विजयी भएको छ। नेदरल्याण्डस्ले केन्यालाई ३० रनले पराजित गरेको हो।
शुक्रबार दुबईमा भएको खेलमा नेदरल्याण्डस्ले केन्यालाई १ सय ६७ रनको विशाल विजयी लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको केन्याले निर्भारित २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १ सय ३६ रन बनाउन सक्यो। केन्याका लागि कोलिन्स ओबुयाले अर्धशतकीय पारी खेलेका थिए। उनले ४० बलमा ७ चौका र २ छक्का प्र्हार गर्दै ६३ रन बनाए पनि टोलीलाई जिताउन असफल भए।
त्यस्तै केन्याको पारीमा राकेप पटेलले २६ तथा अलेक्स ओबान्डाले १० र धिरेन गोन्डारियाले १० रन जोडेका थिए। नेदरल्याण्डस्को बलिङमा पउल भान मिकिरनले ४ ओभरमा ३ विकेट लिएका थिए। उनले सो क्रममा २७ रन खर्चिए। त्यस्तै अर्का बलर फ्रेड क्लासेनले ३ ओभरमा २३ रन दिँदै २ विकेट हात पारे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डस्ले निर्भारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो। नेदरल्याण्डस्को जितमा म्याक्स ओडोवडले अर्धशतक बनाएका थिए। उनले ४६ बलमा ४ चौका र १ छक्का हान्दै ५३ रन बनाएका हुन्। त्यस्तै अर्का ब्याट्सम्यान बेन कुपरले ३६ तथा कप्तान पिटर सिलारले २४ रनको योगदान दिए।
केन्याको बलिङमा कोलिन्स ओबुयाले ३ ओभरमा १६ रन दिँदै २ विकेट लिए। अर्का बलर शेम गोचेले १ तथा नेल्सन ओधिम्बोले १ विकेट लिए। स्काेरकार्डः https://www.espncricinfo.com/series/8040/scorecard/1199501/kenya-vs-netherlands-3rd-match-group-a-icc-mens-t20-world-cup-qualifier-2019-20