काठमाडौं _ कात्तिक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको पक्षमा उभिएका छन्।
उनले आलमको पक्राउलाई कांग्रेसविरुद्धको षड्यन्त्रको रुपमा समेत चित्रण गरे।शुक्रबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन्। उनले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाए।
तर, उनकै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्वमन्त्री तथा सांसद गगन थापाले आलमको पक्राउबारे अपराधीलाई उन्मुक्ति दिन नहुने टिप्पणी गरेका छन्। हत्या आरोपमा पक्राउ परेका आलम सांसद पदबाट निलम्बनमा परिसकेका छन्। संसद सचिवालयले गत सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको थियो।
रौतहट क्षेत्र नं. २ बाट निवार्चित आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ