बाग्लुङ– बाग्लुङ सदरमुकामको रामरेखामा कालोपत्रे गरेको सडक एकैदिनमा उप्किएको छ। अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि ठेकेदारको लापारबाही पर्दाफास भएको छ।
अहिले स्थानियबासिहरुले ठेकेदारको विरोध गरिरहेका छन्। बुधबार र बिहीबार रामरेखास्थित जसवीर टोलमा कालोपत्रेको काम गरिएकोे थियो। झण्डै १०० मीटरको यो खण्डको आधाजसो कालोपत्रे गरिएको छ। बाँकी खण्ड कालोपत्र गरिँदैछ। तर कालेपत्रे भएको एकैदिनमा पीच नै उप्किएपछि बाग्लुङमा खैलाबैला मच्चिएको छ।
सडकको कालोपत्र गर्ने कामको ठेक्का तिलक निर्माण सेवाले लिएको थियो। कालोपत्र गर्नका लागि धुलो उडाएर पानीले पखालेपछि गिट्टीमाथि अलकत्रा राखेर कालोपत्रे राख्नुपर्नेमा धुलोमै राखेको भेटिएको इञ्जिनीयर मनोश शर्माले जानकारी दिएका छन्। उनले कमजोर काम नगर्न पटकपटक दिएको निर्देशन पालना नभएको पनि बताएका छन्।
रु ८२ लाख रुपैयाँको लागतमा नगरपालिका र सडक बोर्डको गरी भित्री सडक मर्मतका लागि गत असारदेखिनै काम शुरु भएको थियो। वडाध्यक्ष दुर्गाबहादुर बोहोराले र ठेकेदार र कामदारलाई सच्याउन सुझाव दिएको जानकारी दिएका छन्।