रामेछाप– रामेछाप जिल्लामा सदरमुकाम मन्थलीसहित विभिन्न नाकाहरुमा सीसी टीभी जडान थरिएको छ। जिल्ला प्रहरीले कार्यलयले स्थानीय सरकारसँगको सहकार्यमा सो कार्य गरेको हो।
निगरानीको लागि बजारका प्रमुख केन्द्र र नाकाहरुमा सीसी क्यामरा जोडिएको हो। अपराधिक घटना हुन नदिन र भएमा पनि अपराधी सहजै पत्ता लगाउन सीसीटीभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार जिल्ला सदरमुकाम मन्थली बजारमा सीसी क्यामरा जोडि क्यामरा मार्फत निगरानीको काम शुरु भएको छ।
नाकाहरुमा क्यामरा जडान गरेर निगरानी गर्दा नागरिकलाई थप सुरक्षाको प्रत्याभूति दिन सकिने तथा अपराधिक घटना रोक्न र घटना भए दोषिलाई तत्काल पक्राउ गर्न सहज हुने प्रहरीले बताएको छ। जिल्लाको २ नं. क्षेत्रबाट काठमाडौं आउ–जाउ गर्ने प्रमुख नाका खाँडादेवी गाउँपालिकाको सित्खामा पनि गाउँपालिकासँगको सहकार्यमा सीसी क्यामरा जडान गरी निगरानी सुरु गरिएको छ।
रामेछापबाट दोलखा, सिन्धुली, काभ्रे, ओखलढुंगा र सोलुसँग सिमाना जोडिएका नाकाहरुमा समेत स्थानीय तहको सहकार्यमा सीसी क्यामेरा जडान गर्ने कार्य अघि बढेको छ। रामेछापको मन्थली नगरपालिकको खुर्काेट, सुनापती, गुन्सी, सैलुङ, साँघुटार, लिखु, खिम्ती, सिरिसे, ढाँडे, रस्नालु, बाम्ति लगायतका क्षेत्रहरु प्रमुख नाकाका रुपमा रहेका छन्।