एजेन्सी– आफ्नो जन्मस्थान नेपाल भएकाले नेपाल र नेपालीसँग घनिष्ट सम्बन्ध रहेका भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकले जनाएका छन्। उनले भुटानकालागि गैरआवासिय नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा यस्तो प्रतिक्रिया दिएका हुन्।
भुटानको राजधानी थिम्पुमा वाङचुक समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन गएका राजदूत आचार्य र राजाबीच छोटो कुराकानीमा भएको थियो। कुराकानीका क्रममा उनले नेपाल र नेपालीसँयको सम्बन्धबारे बोलेका थिए।उक्त भेटका क्रममा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रधानमन्त्री के.पी शर्मा ओलीकोतर्फबाट मित्रता तथा शुभकामना सन्देश पठाएको जानबारी गराए। प्रत्युत्तरमा वाङचुकले नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना दिएको बताइएको छ।
राजदूत आचार्यले भुटानका प्रधानमन्त्री डा ल्होत्से छिरिङसँग पनि शिष्टाचार भेट गरेका छन्। आचार्य भुटानका परराष्ट्र मन्त्री टाण्डी दोर्जी ले आयोजना गरेका रात्री भोजमा सहभागी भएका थिए। सोही कार्यक्रममा उनले अर्थमन्त्री र भुटानका पूर्व प्रधानमन्त्रीसँग पनि भेट गरेको बताइएको छ। ऐतिहासिक र साँस्कृतिक समानता रहेको नेपाल र भुटानबीच सन् १९८३ मा कुटनीतिक दौत्य सम्बन्ध स्थापित भएको हो।
यस अघि नेपालमा भएको पछिल्लो सार्क शिखर सम्मेलनमा काठमाडौं जाँदा वाङचुकले नेपाल आफ्नो जन्मस्थल भएको बताएका थिए। २१ फेब्रुअरी १९८० मा उनको जन्म काठमाडौंमा भएको हो।