एजेन्सी– स्पेनिस लिग ला लिगाअन्तर्गको खेलमा बार्सिलोना र इबार मैदानमा भिडिरहेका छन्। पहिलाे हाफमा बार्सिलाेनाले १ गाेल गरेकाे छ। बार्सिलाेनाकाे लागि एन्टिनाे ग्रिजम्यानले गाेल गरेका हुन्।
बार्सिलोनाको यो जारी सिजनका नवौं खेल हो। अहिलेसम्म ८ खेल खेलेको बार्सिलोना ५ खेलमा जित १ खेलमा बराबरी तथा २ खेलमा पराजित भएको छ। अंक तालिकामा बार्सिलोना १६ अंकको साथ तेस्रो स्थानमा छ।
लाइभ हेर्ने लिङ्कः https://www.facebook.com/LaLiga/videos/1272673572905789/
इबार भने ८ खेलमा २ मा जित, ३ मा बराबरी तथा ३ खेलमा हार बेहोर्दै ९ अंकको साथ १४ औं स्थानमा छ।