काठमाण्डौं– वुमन्स लिग टी–२० क्रिकेट प्रतियोगितामा क्वाट क्विन्स काडमाण्डौं विजयी भएको छ। शनिबार भएको खेलमा काडमाण्डौले विराटनगर टाइटन्सलाई ५२ रनले हराएको हो।
काठमाण्डौलै दिएको १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८७ रनमात्र बनायो। विराटनगरको लागि लक्ष्मी चौधरीले नटआउट ४० रन बनाइन्। उनले ५० बलको सामना गर्दै ५ चौका प्रहार गरिन्। त्यस्तै डोली भट्टले १३ रन जोड्दन अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन्। काठमाण्डौका लागि सुमन विष्टले २ विकेट लिइन्। उनले ४ ओभरमा १६ रन खर्चिएकी हुन्। इश्वरी विष्ट र रुविना क्षेत्रीले समान १ विकेट लिए।
टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको काठमाण्डौले निर्भारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो। काडमाण्डौको लागि रोमा थापाले अर्धशतकीय पारी खेलिन्। उनले ५२ बलमा ६ छक्का हान्दै नटआउट ५३ रन बनाइन्। त्यस्तै अर्की ब्याट्सम्यान रुविना क्षेत्रीले २४ बलमा ३५ रन तथा रश्मी चौलागाईँले ४३ बलमा ३४ रन जोडेकी थिइन्।
विराटनगरको बलिङमा डाली भट्टले १ विकेट लिइन्। उनले ३ ओभरमा १७ रन दिएकी थिइन्।