एजेन्सी– स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। शनिबार भएको खेलका बार्सिलोनाले ईबारलाई ३–० गोलले पराजित गरेको हो।
बार्सिलोनाको लागि तीन स्ट्राइकर कप्तान लियोनेल मेस्सी, एन्टोइन ग्रिजमन र लुइस सुआरेज गोल गरे। ईबारको मैदानमा भएको खेलमा बार्सिलोनाले खेलको १३ औं मिनेटमा अग्रता बनाएको थियो। बार्साका लागि ग्रिजमनले गोल गरेका थिए।
त्यस्तै आक्रामक प्रदर्शन गरेको बार्साले दोस्रो हाफको ५८ औं मिनेटमा अग्रता दोब्बर बनायो। कप्तान लियोनल मेस्सीले उत्कृष्ट गोल गरेका थिए। त्यस्तै खेलको ६७ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दा बार्सिलोनाले ३–० को जित निकालेको हो।
खेल दौरान खेलाडीहरुमा आफैं गोल गरौं भन्ने चाहना हुनु स्वभाविक मानिन्छ। तर लियोनल मेस्सी त्यसको अपवाद हुन्। पेनाल्टी पाएको अवस्थामा समेत सहकर्मीलाई गोल गर्न बल पास गर्ने मेस्सीले शनिबारको खेलमा अर्को एक निस्वार्थीपन देखाएका छन्।
यो पनि पढ्नुहोसः ‘अब सबै इन्डियाले गर्छ’
आफू गोल गर्ने अवस्थामा हुँदा पनि उनले सहकर्मी सुआरेजलाई पास गरेका थिए। मेस्सीले गोल गर्थे वा गर्दैनथे त्यो फरक कुरा हो, तर खेलको त्यो अवस्थामा बललाई गोलपोष्टतिर सजिलै प्रहार गर्न सक्थे। राम्रो भिजन भएका मेस्सीले खेलमा पक्का गोल हुने अवस्था हेरे।
त्यसकारण पनि उनले एक कुशल खेलाडीसँगै निःस्वार्थ खेलाडीकाे पनि छवि बनाएका छन्। जितसँगै बार्सिलोना शीर्षस्थानमा उक्लिएकाे छ। उसको ९ खेलबाट १९ अंक रहेको छ।