काठमाडौं– चलचित्र ‘ए मेरो हजुर ३’ प्रदर्शनका लागि विभिन्न देशमा कुँदिरहेकी नायिका सुहाना थापा हाल ओमानमा छिन्। यो चलचित्रको ओमानमा २ दिन अघि मात्र विशेष शो आयोजना भैसकेको छ।
उनले भनिन् ‘म हराएकी छैन। आशा छ, अबको ६ महिना भित्रमा मेरा दर्शकलाई म राम्रो समाचार सुनाउन सक्नेछु।’ लामो समयसम्म चलचित्रको पर्दामा नआउँदा दर्शकहरुलाई म हराएजस्तो लाग्न सक्छ, तर म हराएको छैन।
दर्शकलाई सुहानाको अबको नयाँ चलचित्र के हुने भन्ने कौतुहलता पनि छ। तर, सुहाना भन्छिन ‘व्यक्तिगत रुपमा मलाई भावगत गीतामा काम गर्न मन छ। ‘ए मेरो हजुर’ को सिरिजमा सधै नै नयाँ अनुहार दर्शकले हेर्न पाउनुभएको छ। यसैले, म ‘ए मेरो हजुर ४’मा नयाँ अनुहार नै भएको हेर्न चाहन्छु।’
सुहानाले चलचित्र प्रदर्शनको क्रममा आफू १४ वटा देशमा पुगेको जानकारी दिदै ती देशहरुमा आफ्नो भन्दा पनि चलचित्र क्षेत्रको फ्यान बढी पाएको बताइन्। अमेरिकामा रहेर अध्ययन गरिरहेकी यी सुन्दरीले पढाई सकेपछि नेपालमै आएर काम गर्ने समेत बताएकी छिन्।
सुहानाले एउटा चलचित्र हिट हुँदैमा आफूले आफूलाई स्टार महशुश नगरेको समेत बताइन्। उनले, अझै पनि धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेकी छिन्। सुहानाको डेब्यू चलचित्र ‘ए मेरो हजुर ३’ बक्स अफिसमा सुपरहिट भएको थियो। अब आउने फिल्ममा पनि सुहानाले दर्शकलाई निराश बनाउँदिनन् भन्ने पक्का छ।