एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पहिलो हार बेहोरेको छ। शनिबार राति भएको खेलमा मलोर्काले रियललाई नमिठो हार चखाएको थियो।
भरपर्दा दुई स्ट्राईकर ग्यारेथ बेल र इडेन हाजार्डबिना मैदान उत्रिएको रियल १–० गोलले पराजित भएको हो। मालोर्काको जितमा जुनियर लागोले निर्णायक गोल गरेका थिए।
खेलमा दबदबा कायम गरेको रियलले गोल भने गर्न सकेन। एक गोलले पछि परेको रियााल घरेलु टोलीको रक्षापङ्तिसामु निरिह बन्यो। पहिलो हाफको ७ औं मिनेटमा एलेक्स फेवेसको पासमा लागोले गरेको गोल नै रियलको हारको कारण बन्यो।
हारपछि रियाल ९ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। इबरलाई पराति गरेको बार्सिलोना शीर्षस्थानमा बस्न सफल भएको छ।