बारा — प्रहरीले भन्सार छलीका सामान सहित २ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले १ लाख ५० हजार बराबरको ३८ बोरा चिनी,बोरा सिलाउने मेसिन जस्ता भन्सार छलीका सामान सहित प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिकाका दिनेश पाण्डे र रमेश तिवारी रहेका छन्। उनीहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग राजश्व अनुसन्धान कार्यालय पथलैया बारमा पठाईको बताईएको छ।