काठमाडौं — सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ।
शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताए।
कार्यक्रममा बैंक क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई २५ हजारको चेक समेत हस्तान्तरण गरिएको थियो।