एजेन्सी– भारतको कराँचीमा भारत र दक्षिण अफ्रिकाको टेष्ट सिरिज अन्तर्गतको तेस्रो खेल जारी छ। तेस्रो टेष्टको दोस्रो दिन भारतले पहिलो इनिङमा ९ विकेट गुमाउँदै ४ सय ९७ रन बनाएको छ। यससँगै उसले ईनिङ घोषणा गर्दै दक्षिण अफ्रिकालाइ ब्याटिङकाे निम्ताे दिएकाे छ।
भारतको लागि रोहित शर्माले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो अर्धशतक बनाएका छन्। उनले २ सय ५५ बलमा २ सय १२ रन बनाएका हुन्। त्यसक्रममा रोहितले २८ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै अर्का ब्याट्सम्यान अजिङ्क्या राहनेले १ सय १५ रनको शतकीय पारी खेलेका छन्। उनले १ सय ९२ बलको सामना गर्दै १७ चौका र ६ छक्का हानेका छन्।
दक्षिण अफ्रिकोको बलिङतर्फ जर्ज लिन्डेले ४ विकेट लिए। उनले ३१ ओभर बलिङ गर्दै १ सय ३३ रन दिएका थिए। अर्का बलर कागिसो रबाडाले २३ ओभरमा ८५ रन दिँदै ३ विकेट लिए।
अहिले दक्षिण अफ्रिका ब्याटिङ गरिरहेको छ। जारी स्थितिमा उसले ५ ओभरमा २ विकेट गुमाउँदै ९ रन जोडेको छ। भारतका लागि मोहम्मद शामी र उमेश यादवले १ विकेट लिइसकेका छन्। सिरिजकाे यसअघिकाे २ खेलमा भारतले कब्जा जमाइसकेकाे छ।