विराटनगर — भारतका दुई स्थानीय प्रमुख र बिराटनगर महानगरबिच भेटबार्ता भएको छ। छिमेकी मुलुक भारत र नेपालको सिमावर्ती क्षेत्रका समस्या समाधानका लागि दुवै देशका छिमेकी स्थानीय तह वीच समन्वय आबश्यक रहेको सरोकार सम्वन्ध व्यक्तिहरुले बताएका छन्।
जोगवनी नगरपञ्चायत, फारविसगन्जका मेयर, उपमेयर र वडा पार्षदहरु सम्मिलित आइतवार विराटनगर महानगरमा भएको भेटवार्तामा सहभागिहरुले यसो भनेका हुन्।
साथै जोगवनी नगरपञ्चायत मेयर अनिता देवी, फासविस गन्ज नगरपालिका उपमेयर मोती खान, भाजपा जोगवनी नगर पन्चायतका अध्यक्ष राजनन्द यादव र जोगवनी र फारविसगन्जका विभिन्न वडाका पार्षद, उपपार्षदहरु र विराटनगर महानगरका मेयर भीम पराजुली ,उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सम्मिलित भेटवार्तामा सहभागिहरुले दुवै देशका छिमेकी स्थानीय तह संग समन्वय आबश्यक रहेको औल्याएका थिए।
भेटबार्ता तथा छलफलका क्रममा विराटनगर र जोगवनी दुवै क्षेत्रमा हुने बाढीको प्रकोप समाधान गर्न सिमाक्षेत्र नेपाल र भारतका वडाध्यक्ष सम्मिलित बैठक वसी समाधान गर्ने ,लागूऔषध दुव्र्यसनी प्रयोगमा हुने नियन्त्रणका लागि समन्वय गर्ने,मानव वेचविखन नियन्त्रणका लागि समन्वय गर्ने सहमती भएको छ।
यस्तै विराटनगर महानगरपालिका तथा जोगवनी र फारवीसगञ्ज नगर परिषदका वीचमा भगिनि सम्वन्ध कायम गर्न प्रक्रिया अगाडी वढाउने विषयमा समेत छलफल भएको थियो। यस्तै नेपाल भारतको सीमाबर्ती नगरपालिकाहरुको वीचमा भाइचारा ,सद्भाव र समन्वय अभिवृद्धी गर्न प्रत्येक ३ महिनामा एकपटक पदाधिकारी सम्मिलित बैठक बस्ने निर्णय समेत भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए।
मेयर पराजुलीले दुवै छिमेकी मुलुक त्यसमा पनि सिमावर्ती नगरसंग भएको समन्वयात्मक भेटवार्ता समयअनुकुल रहेको र सफल भएको बताए। यसखाले कार्यक्रमले दुवैदेशका छिमेकी स्थानीयतह वीच समन्वय हुन सक्दा दुवै देशलाई फाइदा हुने विस्वास मेयर पराजुलीको छ।